खोप र अक्सिजन प्लान्टका लागि पहल भइरहेको छ: पोखरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खोप र अक्सिजन प्लान्टका लागि पहल भइरहेको छ: पोखरेल


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विभिन्न मुलुकका सरकारसँग सीधै वा व्यावसायिक दुवै माध्यमबाट चाँडै कोभिङ–१९ विरुद्धको खोप र अक्सिजन प्लान्ट ल्याइने बताएका छन् ।

काठमाडौँको वसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताए ।

‘हामीले जिटुजी र बिटुबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेका छौं । जतिसुकै बजेट लागे पनि हामी छिटो ल्याउन प्रयत्नशील छौं ।’

उपप्रधानमन्त्री पोखरेलले भने, ‘भारत सरकारले छिट्टै नेपाललाई लिक्विड अक्सिजन प्लान्ट सहयोग गर्दैछ । चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याउँछौ । निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौं ।’ काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ श्ययाको उक्त आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो ।

उनले कोरोना त्रासबाट जनतालाई मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईंको समग्र नेतृत्व गरेको उल्लेख गर्दै सरकारविरुद्ध चलाइएका भ्रमहरु सत्य नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस