खुराफात शिरोमणिले जालझेल गरे प्रतिवाद गर्नुपर्छ –बाबुराम « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

खुराफात शिरोमणिले जालझेल गरे प्रतिवाद गर्नुपर्छ –बाबुराम


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जालझेल गर्ने दुष्प्रयास भए खबरदारी र प्रतिवाद गर्नुपर्ने बताएका छन्। विपक्षी गठबन्धनको तर्फबाट काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न शीतल निवास पुगेका बाबुरामले ट्टीट गर्दै यस्तो भनेका हुन् ।

‘धारा ७६(५) बमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तुजालझेल गरी टार्ने ठाउँ छैन’, बाबुरामले ट्विट गरेका छन्, ‘खुराफात शिरोमणिहरूले पुनः जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी–प्रतिवाद गर्नुपर्छ है।’

Tags :
प्रतिक्रिया दिनुहोस