सङ्घीय सांसद शाह सवार कार दुर्घटना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सङ्घीय सांसद शाह सवार कार दुर्घटना


७ जेष्ठ २०७८, शुक्रबार


नवलपुर । सङ्घीय सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य अभिषेकप्रताप शाह सवार कार दुर्घटना भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्किबास बजारमा कार दुर्घटना हुँदा साहसहित तीन जना सामान्य घाइते भएका छन् ।

कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाह काठमाडौँ जाने क्रममा बा१५च ७५२३ नम्बरको कार अनियन्त्रित भई आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा शाहका स्वकीय सचिव सूर्यप्रताप शाह र चालक महेशकुमार पासवानसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि सिर्जित राजनीतिक अवस्थाका कारण उहाँ गृह जिल्लाबाट काठमाडौँ जान लागेको बुझिएको छ ।

दुर्घटनाबाट सामान्य घाइते भएका तीनै जानको स्थानीय मेडिकलमा उपचारपश्चात सांसद शाह र उनका स्वकीय सचिव शाह अर्को गाडी खोजेर काठमाडौँ गएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस