चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै


७ जेष्ठ २०७८, शुक्रबार


सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिड –१९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि अस्पतालको मागअनुसार स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रालयसँगका समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गरेका हुन् । दुवै मन्त्रालयमा पत्राचार एवं समन्वय गरी प्लान्ट स्थापनाको काम अघि बढेको सभामुखको सचिवालयले जनाएको छ ।

जिल्ला अस्पताल र अरु स्वास्थ्य संस्थामा अक्सिजनको चरम अभावपछि अस्पतालले तत्काल अक्सिजन प्लान्टको स्थापनाको आवश्यकता भएकाले स्वास्थ्य सेवा विभागसँग माग गर्दै पत्राचार गरेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले तत्काल दुई हजार एन्टिजेन किट र बिरामीका लागि अक्सिजन उपलब्ध गराउन माग गरेको थियो । अबको केही सातामै अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यले मूर्त रुप लिने सभामुखको सचिवालयले जिकिर गरेको छ

Tags :
प्रतिक्रिया दिनुहोस