यसरी म सरकार चलाउन सक्दिन: प्रधानमन्त्री « प्रशासन
prasaLogo
७ जेष्ठ २०७८, शुक्रबार

यसरी म सरकार चलाउन सक्दिन: प्रधानमन्त्री


प्रकाशित मिति : 21 May, 2021 2:04 pm

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन दिक्क भइसकेको बताएका छन् । शुक्रवार सिँहदरवारमा आयोजित पत्रकार सम्मेलनमा आफूले थप सरकार चलाउन नसक्ने बताएका हुन् ।

सरकार चलाउन नचाहेकै कारण आफूले विश्वासको मत लिने प्रक्रियामा नगएको बताए । विरोधै विरोधकाबीच आफूले सरकार चलाउन नसक्ने भन्दै वैकल्पिक सरकार लिएर आउन विपक्षी गठबन्धनलाई आग्रह गरे ।

घेराबन्दी गरेर सरकार असफल बनाउने अनि दोष जति मेरो टाउको हाल्ने काम नगर्नसमेत विपक्षी गठबन्धनलाई उनको आग्रह छ ।

Tags :
प्रतिक्रिया दिनुहोस