सांसदहरूलाई काठमाडौँ छाडेर नजान जसपाको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सांसदहरूलाई काठमाडौँ छाडेर नजान जसपाको निर्देशन


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने बताउँदै सांसदहरूलाई काठमाडौँ छाडेर नजान निर्देशन दिएको छ ।

आज सिँहदरवारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ब्रिफिङ गरेका थिए । माओवादी केन्द्र र नेपाली काँग्रेसले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन नमानेको र मधेशको माग पनि पुरा नगर्ने हुनाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्नु उचित हुने नेता महतोको धारणा थियो ।

सत्ता समीकरणका लागि जतिसुकै बेला जुनसुकै निर्णय गर्नुपर्दा अध्यक्ष ठाकुरले निर्णय लिन सक्ने गरी जिम्मेवारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस