संविधान संशोधन गर्न ५ सदस्यीय कार्यदल गठन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधान संशोधन गर्न ५ सदस्यीय कार्यदल गठन


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । सरकारले संविधान संशोधन गर्नका लागि पाँच जनाको कार्यदल बनाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरूको समिति बनाएको जनाइएको छ ।

शुक्रबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पत्रकारहरूसँग कुरा गर्दै सरकारले आफूहरुको माग सम्बोधन गर्ने क्रममा कार्यदल गठन र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको बताएका हुन् । नागरिकतासम्बन्धी अध्यादेशबारे भने सरकारका तर्फबाट केही भनाइ आएको छैन ।

तर संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको भने एमाले नेता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले पनि पुष्टि गरे ।

कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल छन् भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको स्रोतले जनाएको छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस