राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदम रोक्न सबै विकल्पमा छलफल गर्ने कांग्रेसको निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदम रोक्न सबै विकल्पमा छलफल गर्ने कांग्रेसको निर्णय


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकालेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीका उक्त असंवैधानिक कदम रोक्न सबै दलसँग छलफल गरेर यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा जाने निर्णय गरेको छ ।

आज (शुक्रबार) सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ ।

संविधानको मर्म र भावनालाई कुल्चने प्रवृत्तिलाई रोक्न सबै दलसँग छलफल गर्ने कांग्रेसले बताएको छ । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस