चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका थप दुई दिन शिल गरिने भएको छ ।

काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिको वैशाख २९ गतेको बैठकको निर्णयअनुसार जेठ १ देखि ७ गतेसम्म शिल गर्ने निर्णय भए पनि बिहीबार पुनः दुई दिन शिल गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले जेठ ८ गते राति १२ बजेसम्म नगरपालिका शिल गर्ने निर्णय गरेको जानकारी दिए। नगरपालिका शिल भएसँगै बिहान ६ देखि साँझ ५ बजेसम्म सर्वसाधारण सडकमा हिँडडुल गर्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ । नयाँ भेरिएन्टसहितको कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए ।

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दूधको ढुवानीका साधनलाई सवस्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्न दिइएको छ । त्यसैगरी पशुपक्षीको दाना, कृषि प्रयोजनका बीउबिजन, कृषि उत्पादन, औषधि उद्योगलगायत फोहरमैला बोक्ने सवारी साधनलाई शिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने नगरपालिकाले जनाएको छ ।

नगरपालिका शिल भएपछि उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधनबाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ । नगरपालिकाकाले भेरोसिल खोपको दोस्रो मात्रा लगाउनका लागि भने आवतजावतमा अवरोध गरेको छैन । सरकारले जारी गरेको सूचनाका आधारमा पहिलो खोप लगाएको कार्ड देखाएर तोकिएको खोप केन्द्रसम्म आवतजावत गर्न दिइने नगर प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस