लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिउँ : डा. बाबुराम भट्टराई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिउँ : डा. बाबुराम भट्टराई


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल वैकल्पिक सरकार दिन आह्वान गरेका छन् ।

सामानिक संजालमा ट्वीट गर्दै डा. भट्टराईले कुनैपनि हालतमा बैकल्पि सरकार दिनुपर्ने तर्क प्रस्तुत गरेका छन् । ‘लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिउँ ! आजै गरौं, अहिल्यै गरौं !,’ उनले भनेका छन।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समयसीमा दिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले यो धारणा सार्वजनिक गरेका हुन् ।

संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो भन्दै भट्टराईले जे गरेर रक्षा हुन्छ त्यही गर्न भनेका छन् । संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने उनको चिन्ता छ ।

यसैबीच जनता समाजवादी पार्टी(जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । जसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले शुक्रबार बिहान १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस