स्वास्थ्यकर्मीसहित सङ्क्रमित भेट्न जनप्रतिनिधी घरघरमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यकर्मीसहित सङ्क्रमित भेट्न जनप्रतिनिधी घरघरमा


७ जेष्ठ २०७८, शुक्रबार


तनहुँ । तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना सङ्क्रमित भेट्न घरघरमा पुगेका छन् ।

गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराई सहितको टोली कोरोना पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो ।

घरदैलो अभियानमा सामान्य औषधी र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । गाउँपालिकाको वडा नं ३ रामकोटका १८ र वडा नं ५ याम्पाका नौ गरी २७ सङ्क्रमितलाई भेटघाट गरी सान्त्वना दिनुको साथै सुरक्षित भएर रहन आग्रह गरिएको उनले बताए । रामकोटमा बाक्लो बस्ती भएका कारण सुरक्षित हुन कठिनाई देखिएकाले सचेत गराउनको लागि पनि स्वास्थ्यकर्मीको सहित गएको हो ।

रामकोट क्षेत्रमा घरहरू जोडेर बनाइएको छ । यहाँ १०० बढी मगर समुदायको बाक्लो बस्ती छ । सङ्क्रमित भई होम आइसोलेशनमा रहेकाको आत्मबल बढाउनका लागि पनि घरघरमा पुगिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । सङ्क्रमित भई आइसोलेशनमा बस्दाको समयमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड तथा आहारबिहारलगायत विषयमा सचेत गराइएको उनले जानकारी दिए । घरमै स्वास्थ्यकर्मी सहितको टोली पुग्दा सङ्क्रमितहरू खुशी भएका छन् ।

सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री

सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले जिल्लाका सञ्चारकर्मीलाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । श्रेष्ठले नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। श्रेष्ठले २०० एन्–९५ मास्कसहित सामग्री प्रदान गरेकोशाखाका अध्यक्ष पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस