झापामा जारी निषेधाज्ञा एक साता लम्बियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

झापामा जारी निषेधाज्ञा एक साता लम्बियो


६ जेष्ठ २०७८, बिहिबार


झापा । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी झापामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि निषेधाज्ञा थप गरिएको जनाएको  हो ।

जिल्लामा अघिल्लो पटक जेठ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा एक हप्ता थप गरी जेठ १४ गते सम्म लम्ब्याइएको छ ।

आज बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमण तिब्र गतिमा बढिरहेकाले निषेधाज्ञा थप गरिएको बताइएको छ । जिल्लामा जेठ १९ गतेदेखि जारी गरिएको निषेधाज्ञा जेठ गतेदेखि कडा पारिएको थियो । निषेधाज्ञा कडा पारिएसँगै मानिसहरुलाई औषधि उपचार बाहेकको काममा घर बाहिर ननिस्कन आदेश गरिएको छ ।

झापामा आजको ४ सहित १८२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ । आज थप २१८ जनामा संक्रमण पुष्टि भएको र हाल तीन हजार ४७८ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस