नयाँ सरकार गठनको प्रक्रिया सुरु : राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दाबी पेस गर्न भोलि साँझ ५ बजेसम्मको म्याद « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नयाँ सरकार गठनको प्रक्रिया सुरु : राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दाबी पेस गर्न भोलि साँझ ५ बजेसम्मको म्याद


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन् ।

राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझm ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस