माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठद्वारा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठद्वारा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान


६ जेष्ठ २०७८, बिहिबार


गोरखा । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

गोरखा अस्पतालमा पुगेर प्रवक्ता श्रेष्ठले आज एक हजार थान एन्टिजेन किटसहितका स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध गराउनु भएको हो ।

एन्टिजेन किटको अभावमा अस्पतालमा कोरोनाका शकांस्पद नागरिकहरूको तत्काल परीक्षण गर्न अभाव भएको जानकारी पाएपछि प्रवक्ता श्रेष्ठ किट बोकेर अस्पताल पुग्नु भएको हो । प्रवक्ता श्रेष्ठले स्वास्थ्य सामग्री अस्पतालका डा। अजयराज गौतमलाई हस्तान्तरण गरेका हुन् ।

अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरका १० थान अक्सिजन सिलिण्डरलगायत सामग्रीसहित एन्टिजेन किट प्राप्त भएको डा। गौतमले जानकारी दिए । अस्पताललाई प्राप्त भएको महत्वपूर्ण सामग्रीले बिरामीको उपचारमा सहयोग पु¥याउने डाक्टर गौतमले बताए ।

गोरखा अस्पतालमा बिरामीको उपचारका लागि आइसोलेन बेडको अभाव भएपछि प्रवक्ता श्रेष्ठको निर्देशनमा वेड थप गर्ने काम भइरहेको छ भने अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस