राष्ट्रपति भण्डारीबाट २ अध्यादेश जारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति भण्डारीबाट २ अध्यादेश जारी


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छिन्।

भण्डारीले शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले सो अध्यादेश जारी गरेकी हुन्।

अब शपथ लिँदा ‘ईश्वर’ वा ‘देश र जनता’मध्ये कुनै एकको नाममा शपथ लिन पाउने व्यवस्था अध्यादेशमा गरिएको छ ।

नेपालको संविधान २०७२ मा सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने उल्लेख भए पनि कानुन नै भने बनेको थिएन । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ विवादित बनेपछि शपथको कुनै कानुन नभेटिएपछि अध्यादेश ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस