पछिल्लो २४ घण्टामा ६५४३ जना कोरोना सङ्क्रमित निको भए « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा ६५४३ जना कोरोना सङ्क्रमित निको भए


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना व्यक्तिमा कोरोना सङ्क्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ६६ हजार नौ सय ४६ सङ्क्रमित निको भई डिस्चार्ज भइसकेका छन्।

देशभरका प्रयोगशालामा २१ हजार ६ सय ९५ जनाको पीसीआर र तीन सय ९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार तीन सय पाँच जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा एक सय ९० जना सङ्क्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ हजार आठ सय ४७ जनाको मृत्यु भएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार आठ सय ५२ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस