योजना आयोगको उपाध्यक्षमा पुनः डा. कँडेल « प्रशासन
prasaLogo
६ जेष्ठ २०७८, बिहीबार

योजना आयोगको उपाध्यक्षमा पुनः डा. कँडेल


प्रकाशित मिति : 20 May, 2021 5:37 pm

काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गर्ने निर्णय गरेको थियो ।

पुनः नियुक्ति पश्चात आज सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष उपाध्यक्ष कँडेलले सपथ ग्रहण गरेका छन् ।

सपथपछि उपाध्यक्ष कँडेलले आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस