राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मत पाए ।

देवकोटाले कुल प्रदेशतर्फ २७८४ मतभार र स्थानीयतर्फ २३०४ मतभार गरी कुल ५०८८ मतभार प्राप्त गरेका हुन् । बादलले प्रदेशतर्फ २१६० र स्थानीय तहतर्फ १८५४ गरी कुल ४०१४ मतभार प्राप्त गरेका थिए । यसैगरी तामाङले प्रदेशतर्फ ९६ र स्थानीय तहतर्फ ३६ गरी कुल ८४ मत भार प्राप्त गरेका छन् ।

डा. देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थन रहेको थियो ।

वाग्मती प्रदेशमा रहेका १०९ सांसदमा एक सय पाँच जनाले भोट हालेका छन् । एक सय १० सदस्यीय प्रदेश सभाका पशुपति चौलागाईंको निधन भएपछि एक सय नौ कायम भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस