राष्ट्रिय सभा सदस्यका लागि मतगणना जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभा सदस्यका लागि मतगणना जारी


६ जेष्ठ २०७८, बिहिबार


हेटौँडा । राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरु भएको छ। राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा बिहीबार (आज) भएको निर्वाचनको मत गणना सुरु भएको हो ।

उपनिर्वाचनका एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा’बादल’, काँग्रेस–माओवादी र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको समर्थनमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा उम्मेदवार रहेका छन्। नेकपाका कृष्णबहादुर तामाङ पनि उम्मेदवार बनेका छन्।

प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष/उपाध्यक्षले मतदान गर्न पाउने निर्वाचनमा एमालेको बहुमत रहेको भए पनि एमालेको मत विभाजित भएकोले निर्वाचनको परिणाम यसै भन्न सकिने अवस्था छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस