चिनियाँ खोप दोस्रो डोज लगाउन बाँकीको विवरण माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिनियाँ खोप दोस्रो डोज लगाउन बाँकीको विवरण माग


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिनियाँ खोप भेरोसेलको दोस्रो डोज खोप लगाउनुपर्नेहरुको लगत स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन आग्रह गरेको छ ।

मन्त्रालयले भेरोसेलको दोस्रो मात्रा खोप लगाउनु पर्नेहरूले आफ्नो स्थानीय तहका स्वास्थ्य संयोजकहरुमार्फत् जिल्ला स्वास्थ्य कार्यालयहरूमा लागत टिपाउन आग्रह गरेको हो ।

भेरोसेलको दोस्रो मात्रा खोप लगाउनेहरूको लगत तयार भएपछि यथाशीघ्र प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने मन्त्रालयका प्रवक्ता डा। समीर कुमार अधिकारीले बताए ।

उनले खोप लगाउने बहानामा एक जिल्लाबाट अर्को जिल्लामा आवतजावतका लागि सवारीसाधनको पास बनाउने गरेको भन्दै पास बनाएर आवतजावतको व्यवस्था नगरिदिन सबै जिल्ला प्रशासनलाई आग्रहसमेत गरेका छन् ।

No description available.

Tags :
प्रतिक्रिया दिनुहोस