हदबन्दीभन्दा बढी जग्गा धितो राखेर ऋण लिन नपाउने(राजपत्रसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हदबन्दीभन्दा बढी जग्गा धितो राखेर ऋण लिन नपाउने(राजपत्रसहित)


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । सरकारी हदबन्दीभन्दा बढी जग्गा धितो राखेर ऋण लिन नपाइने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी हदबन्दीभन्दा बढी जग्गा खरिद गर्ने स्वीकृति पाएका उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थाले हदभन्दा बढी जग्गा धितो राखेर ऋण लिन नपाउने व्यवस्था गरेको हो ।

मन्त्रालयले जारी गरेको जग्गाको हदबन्दी छुट दिने सम्बन्धी आदेश, २०७८ राजपत्रमा प्रकाशितसमेत भइसकेको छ । मन्त्रालयले भूमि सम्बन्धी ऐन २०२१ को दफाले दिएको अधिकार प्रयोग गरी आदेश–२०७८ जारी गरेको हो।

हेर्नुहोस् आदेश :

Tags :
प्रतिक्रिया दिनुहोस