प्रधानमन्त्री ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली र बेलायती राजदूत पोलिटबीच भेटवार्ता


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

सिंहदवारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबिचको आपसी सम्बन्ध र कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालोको सन्दर्भमा छलफल भएको हो।

प्रधानमन्त्रीले राजदूत पोलिटसँग कोरोनाविरुद्धको एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले अहिलेसम्मको सहयोगका लागि राजदूतमार्फत बेलायत सरकारप्रति आभारसमेत व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस