ललितपुर महानगरपालिकामा भेरोसेलको दोस्रो डोज खोप आजदेखि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ललितपुर महानगरपालिकामा भेरोसेलको दोस्रो डोज खोप आजदेखि


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । ललितपुर महानगरपालिकामा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिने भएको छ ।

महानगरपालिकाभित्र २९ वटा खोपकेन्द्र तोकिएकामा आफूलाई पायक पर्ने केन्द्रमा गएर १३ गतेसम्म खोप लगाउन महानगरपालिकाले आग्रह गरेको छ ।

कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज खोप लगाइन लागिएको हो ।

ललितपुर महानगरपालिकामा भेरोसेलको पहिलो डोज खोप ४८ हजार ७ सयभन्दा बढीले लगाएको महानगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस