माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, काेराेना महामारीबारे छलफल गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, काेराेना महामारीबारे छलफल गर्ने


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएका हुन्।

बुधबार पार्टी अध्यक्ष प्रचण्डले पनि पार्ट कार्यालयमै चिकित्सकहरू तथा विज्ञहरूसँग कोरोना रोकथाम तथा नियन्त्रणकाबारेमा विषयमा छलफल गरेका थिए। चिकित्सकहरूले दिएका सल्लाह, सुझावसहित आज बस्ने स्थायी कमिटी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणबारे थप छलफल हुने प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस