जिल्ला अस्पतालको क्षमता विकास गर्नुपर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जिल्ला अस्पतालको क्षमता विकास गर्नुपर्ने


५ जेष्ठ २०७८, बुधबार


विराटनगर । प्रदेश नं १ का सामाजिक विकास मन्त्री उषाकला राईले अहिले जिल्लास्तरका अस्पतालको क्षमता विकास गरेर अघि बढ्नुपर्ने बताएकी छन्।

प्रदेश १ का स्थानीय तहका प्रमुख जिल्ला अधिकारी, प्रमुख/उपप्रमुख र स्वास्थ्य कार्यालयका प्रमुख लगायतसँग आज गरिएको भर्चुअल बैठकमा मन्त्री राईले स्थानीयतहबाट एन्टिजेन, अक्सिजन, स्वास्थ्य सामाग्रीलगायतको माग आइरहेकाले आवश्यकताका आधारमा चाँडै पठाइने बताइन् ।

उनले स्वास्थ्य कार्यालयलाई कोरोना संङ्क्रमण नियन्त्रणका लागि रु पाँच लाखका दरले सवै जिल्लामा रकम पठाइने तयारी भइरहेको जानकारी दिइन् । बैठकमा सहभागी स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रजिअ र स्वास्थ्य कार्यालयका प्रमुखले कोरोना सङ्क्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस