नवलपरासी गोली काण्ड छानबिन गर्न समिति गठन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवलपरासी गोली काण्ड छानबिन गर्न समिति गठन


५ जेष्ठ २०७८, बुधबार


रुपन्देही । बुधवार सशस्त्र प्रहरीको गोली लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

घटनापछि बुधवार नै बसेको गृहमन्त्रीस्तरीय बैठकले गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

पश्चिम नवलपरासीको सीमावर्ती नाकाबाट भारत जान खोज्दा प्रतापपुरका स्थानीय र सशस्त्र प्रहरीबिच बुधवार झडप हुँदा प्रतापपुर गाउँपालिका-६ का २३ वर्षीय अविनाश राजभरको सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । उनलाई उपचारका क्रममा बुटवल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसूदन लुइँटेल, गृह मन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस