अदालतका आदेश कार्यान्वयन गर्न सरकारसँग बारको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अदालतका आदेश कार्यान्वयन गर्न सरकारसँग बारको आग्रह


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । नेपाल बार एशोसिएशनले महामारीका अवस्थामा जनताको स्वास्थ्योपचार र जीवनयापनको समस्या समाधानका लागि सर्वोच्च अदालतले दिएको आदेशको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन भए वा नभएको सम्बन्धमा अनुगमन गर्नुपर्ने विषयमा सर्वोच्च अदालतका संयन्त्र क्रियाशील हुन आग्रह गरेका छन् ।

बारले महामारीमा कुनै पनि कानून व्यवसायीलाई पर्न सक्ने आकस्मिक असहज परिस्थितिको सहजीकरणका निम्ति सहयोग कक्षकोसमेत व्यवस्था गरेको छ ।

बारले कानून व्यवसायी कतिपयले पहिलो चरणको खोप लगाएर दोस्रो चरणको नपाएका अवस्थामा प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस