नेपालको स्वास्थ्य क्षेत्रमा सघाउने बेलायतको आश्वासन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालको स्वास्थ्य क्षेत्रमा सघाउने बेलायतको आश्वासन


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । बेलायतले नेपालको स्वास्थ्य क्षेत्रमा सघाउने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज भएको अप्रत्यक्ष बैठकमा बेलायती विदेश राज्यमन्त्री लर्ड अहमदले नेपालको स्वास्थ्य क्षेत्रका साथै अन्य क्षेत्रमा बेलायती सरकारले निरन्तर सहयोग गर्ने बताए ।

दुवै देशका मन्त्रीले नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सघन एवं सुदृढ तुल्याउनाका साथै जलवायु परिवर्तनलगायत साझा चासोका विषयमा निकट सम्पर्कमा रहेर काम गर्न सहमति जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सामान्यावस्था र अहिलेको कठिन परिस्थितिमा नेपाललाई सहयोग गरिएकामा बेलायत सरकारप्रति कृतज्ञता ज्ञापन गर्दै मन्त्री ज्ञवालीले कोभिड –१९ को अकल्पनीय वृद्धिविरुद्ध लड्न नेपाललाई खोपसहित अन्य सहायता अत्यावश्यक भएकामा जोड दिए ।

बैठकमा नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धका विविध पक्षका साथै विकास सहायता र विशेष रुपमा कोरोना भाइरसका सन्दर्भमा छलफल भएको थियो । दुवै मन्त्रीले महामारीविरुद्ध एकार्काप्रति ऐक्यबद्धता जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस