राष्ट्रियसभा उपनिर्वाचन : निर्दलीय उम्मेदवारलाई समर्थन नगर्न आग्रह « प्रशासन
Logo ३ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रियसभा उपनिर्वाचन : निर्दलीय उम्मेदवारलाई समर्थन नगर्न आग्रह


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । नेकपा (एमाले)ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दा आधिकारिक उम्मेदवार ‘बादल’ का पक्षमा लाग्न आज अपिल गर्दै निर्दलीय स्वतन्त्र उम्मेद्वारलाई मतदान नगर्न आव्हान गरेका हुन् ।

यो प्रदेशमा उपनिर्वाचन बिहीबार हुँदैछ । सूर्य चिन्हका उम्मेदवारलाई विजयी गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै उनले पार्टीको निर्देशनविपरीत घातअन्तर्घात नगर्न आफ्ना जनप्रतिनिधिलाई चेतावनी दिएका छन् । ‘निर्दलीय उम्मेदवारका पक्षमा मतदान गर्नु राजनीतिक हिसाबले गम्भीर अपराध हुने छ ।’ अपिलमा भनिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेका उम्मेदवारलाई समर्थन गरेको उल्लेख गर्दै उनले अन्य दललाई पनि थापाका पक्षमा साथ दिन आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस