बलम्वु अस्थायी आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री प्रदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बलम्वु अस्थायी आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री प्रदान


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं.१२ बलम्वुमा अवस्थित नहुँदा स्वस्थ सामुदायिक अस्पतालमा सञ्चालन गर्न लागिएको अक्सिजन सहितको आइसोलेसन सेन्टरका लागि स्थानीय समुदाय, सङ्घ/संस्थाबाट सहयोग हस्तान्तरण गर्ने क्रम जारी रहेको छ।

कोभिड–१९ सङ्क्रमित बिरामीलाई प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले बलम्वु अस्थायी आइसोलेसन व्यवस्थापन समितिले सञ्चालन गर्न लागेको बलम्वु अस्थायी आइसोलेसन सेन्टरको लागि लाईन्स् क्लब अफ चन्द्रागिरि काठमाडौँका अध्यक्ष जयराम प्रसाद लुइँटेल र नेपाल तरुण दल काठमाडौँ क्षेत्र नं.१० का सभापति ईश्वर लामाले ५ थान सर्किजल बेड सहित पिपिई सेट, स्यानिटाइजर, डिस्पोजल ग्लोब्स्, फेस शिल्ड, मास्क हस्तान्तरण गरेका छन् ।

त्यसै गरी चन्द्रागिरि नगरपालिका वडा नं ७ का वडाध्यक्ष शम्भु के.सी.ले १० वटा पिपिई सेट हस्तान्तरण गरिएको छ भने गुर्जुधारा सहयोगी समूहले १० वटा अक्सिमिटर सहित स्यानिटाइजर, मास्क र डिस्पोजल ग्लोब्स् हस्तान्तरण गरेको सदस्य सत्यनारायण श्रेष्ठले बताएका छन् ।

कोभिड–१९ सङ्क्रमितलाई उच्च मनोबल सहित प्राथमिक उपचार सेवा प्रदान गर्ने गरी उक्त आइसोलेसन सेन्टर यहीँ ज्येष्ठ ८ गते शनिवारदेखि सञ्चालन हुने जानकारी बलम्वु अस्थायी आइसोलेसन व्यवस्थापन समितिका अध्यक्ष विकास महर्जनले बताए ।

हालै नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा प्रेषित जानकारी अनुसार कोभिड–१९ को नयाँ भेरियन्ट पत्ता लागेको विषम परिस्थितिमा महामारीले जस्तोसुकै रूप लिन सक्ने भएकाले समाजमा थप सङ्क्रमण फैलिन सक्ने भएमा त्यसको नियन्त्रण तथा रोकथाम गर्ने हेतुले सद्भावपूर्ण सहकार्य गरी नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्ड पालना गर्दै कोभिड–१९ सङ्क्रमित व्यक्तिहरूलाई उच्च मनोबलका साथ बस्ने तथा प्राथमिक उपचार सेवा प्रदान गर्ने आइसोलेसन सेन्टरको उद्देश्य रहेको पनि अध्यक्ष महर्जनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस