मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदरको रिट लिएर अदालत जाने विपक्षी दलको निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदरको रिट लिएर अदालत जाने विपक्षी दलको निर्णय


५ जेष्ठ २०७८, बुधबार


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति बदरको माग गर्दै विपक्षी दल सर्वोच्च अदालत जाने भएका छन् ।

बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै सर्वौच्च अदालतमा रिट दायर गरी न्यायिक उपचार खोज्ने निर्णय गरेको हो ।

प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरुको दावी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस