गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ


५ जेष्ठ २०७८, बुधबार


कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् । शपथ लिनेमा किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन रहेका छन् ।

केही दिनअघि नियुक्त भएका खेलकुद मन्त्री राजीव गुरुङ काठमाडौँ भएकाले उनी आएपछि मात्र शपथ खुवाउने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । शपथ लगत्तै मन्त्रिपरिषद्को बैठक राखी उनीहरुलाई पुरानै मन्त्रालयको जिम्मेवारी तोकिने भएको छ ।

वैशाख २९ गते सदनमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका गुरुङले गण्डकी प्रदेशको नीति तथा कार्यक्रम तय गर्नुपर्ने भएकाले मन्त्रीहरु नियुक्त गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस