पाँच बेडको आईसीयूका लागि दुई करोड « प्रशासन
prasaLogo
५ जेष्ठ २०७८, बुधबार

पाँच बेडको आईसीयूका लागि दुई करोड


प्रकाशित मिति : 19 May, 2021 3:21 pm

गुल्मी । गुल्मी जिल्ला अस्पतालमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन गरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा २ करोड रुपैयाँमा पाँच बेडको आईसीयू स्थापनाका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरिएको हो ।

कोरोना संक्रमणको दोस्रो लहरबाट जिल्लामा एक हजारभन्दा बढी संक्रमित भएका छन् । जिल्लामा थप सुविधासम्पन्न अस्पताल नहुँदा धेरैजना बिरामी ठूलो रकम खर्चेर बुटवल, पोखरा, काठमाडौँ लगायतका शहरमा लैजानुपर्ने बाध्यता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस