चीनको सिचुवानबाट काठमाडौँ आइपुग्यो मेडिकल सामग्री « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चीनको सिचुवानबाट काठमाडौँ आइपुग्यो मेडिकल सामग्री


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ। चीनको सिचुवान प्रान्तले नेपाललाई प्रदान गरेको मेडिकल सामग्री त्रिभुवन विमानस्थलमा आइपुगेको छ ।

सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडानमार्फत स्वास्थ्य सामाग्री नेपाल ल्याएको नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ ।

यस्तै आज नेपाल एयरलान्सको एक जहाज कार्गो ल्याउन चीनको सेन्जेन जाँदैछ । चीनको बेइजिङमा रहेको नेवानिको अर्को जहाज आजै काठमाडौँ आइपुग्ने तालिका छ ।

भारतको राजधानी नयाँ दिल्लीबाटसमेत एक उडानलाई चार्टर्ड अनुमति दिइएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस