बादललाई मतदान गर्न पार्टी पङ्क्तिलाई प्रधानमन्त्री ओलीको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बादललाई मतदान गर्न पार्टी पङ्क्तिलाई प्रधानमन्त्री ओलीको आग्रह


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा (बादल)लाई मतदान गर्न आह्वान गरेका छन् । उनले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका हुन् ।

उनले बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय विपरीत मतदान नगर्न चेतावनीसमेत दिएका छन् ।

उनले बुधवार जारी गरेको अपिलमा पार्टी उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने उल्लेख छ ।

‘‘पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्’, उनले भनेका छन् ।

एमालेका महासचिव ईश्वर पोखरेलले बादललाई मतदान गर्न मङ्गलवार नै आह्वान गरेका थिए । तर फेरि अध्यक्ष ओलीले पनि वक्तव्य जारी गरेका छन् ।

बिहीबार बागमती प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस