पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

मंगलबार बेलुका उनको घरमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका बुधबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बनेका थिए । उनी पूर्वसांसद एवम् बर्माका लागि पूर्वराजदूत समेत थिए ।

प्रतिक्रिया दिनुहोस