सांसद विकास कोषको १८ लाख औषधि र अक्सिजन खरिदमा खर्च गरिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सांसद विकास कोषको १८ लाख औषधि र अक्सिजन खरिदमा खर्च गरिने


५ जेष्ठ २०७८, बुधबार


जाजरकोट । सांसद विकास कोष (पूर्वाधार कार्यक्रम) अन्तर्गत रहेको रु १८ लाखमा औषधि, ग्यास सिलिण्डर खरिद गर्नमा खर्च गरिने भएको छ ।

पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मङ्गलबार नै रु १८ लाखको कार्यादेश पठाएको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए।

उक्त रकमबाट ४० वटा सिलिण्डर, औषधि र अन्य स्वास्थ्य उपकरण पूर्वमन्त्री बस्नेतले पठाएको अधिकृत घर्तीले जानकारी दिए ।

ती सिलिण्डर सुर्खेतमा तयारी अवस्थामा राख्ने र आवश्यकतानुसार अक्सिजन आपूर्तिमा परिचालन गर्ने अधिकृत घर्तीले बताए। कोरोनाका कारण ठूलो सङ्ख्यामा स्थानीयवासी बिरामी भई अक्सिजन नपाएर हैरान भएका बेला पूर्वमन्त्री बस्नेतको यो निर्णयले आफूहरु खुशी भएको घर्तीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस