महिलाको मृत्यु, एक युवक प्रहरी नियन्त्रणमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महिलाको मृत्यु, एक युवक प्रहरी नियन्त्रणमा


५ जेष्ठ २०७८, बुधबार


दमौली । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।

मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।

प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘घटनाबारे अनुसन्धान गरिरहेका छाैँ, थप विवरण अनुसन्धानपछि आउँछ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस