लमजुङ केन्द्रबिन्दु बनाएर पुनः गयो ५‍.३ रेक्टर स्केलको भूकम्प « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लमजुङ केन्द्रबिन्दु बनाएर पुनः गयो ५‍.३ रेक्टर स्केलको भूकम्प


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । लमजुङ केन्द्रबिन्दु बनाएर पुनः भूकम्प गएको छ । बुधबार बिहान भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिकाका केही घरहरू भत्किएका छन् ।

घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस