लमजुङ भूकम्प : पुराना घरहरू भत्किए, क्षतिको विवरण आइसकेको छैन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लमजुङ भूकम्प : पुराना घरहरू भत्किए, क्षतिको विवरण आइसकेको छैन


५ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रेक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए ।

बुधवार बिहानै गएको भूकम्पले मानिसहरूको भागाभाग परेको तथा माटोले बनेका पुराना घरहरू भत्किएको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिए ।

भूकम्पले निकै हल्लाएको उपाध्यक्ष विकको भनाइ छ । पुराना घरहरू भत्किएको विवरण आएको तर के कति जनधनको क्षति भएको भन्ने बारे जानकारी आइ नसेको उनले बताए । ‘बिहानै आएको भूकम्पले निकै हल्लायो, मानवीय क्षतिको बारेमा जानकारी आएको छैन,’ उपाध्यक्ष विकले भने,‘ बेशिसहरमा घरभित्र भएका एक जना घाइते भएको भन्ने जानकारी आएको छ, अन्य पशु चौपाया के कति क्षति भयो विवरण आउन बाँकी छ’

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।

सम्बन्धित समाचार : लमजुङ केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्किँदा एकजना घाइते
सम्बन्धित समाचार : काठमाडौँमा भूकम्पको धक्का महसुस

 

Tags :
प्रतिक्रिया दिनुहोस