अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कर विवरण सार्वजनिक गर्ने चलनलाई पुनः स्थापित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कर विवरण सार्वजनिक गर्ने चलनलाई पुनः स्थापित


एजेन्सी

४ जेष्ठ २०७८, मंगलबार


वासिङ्टन । अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन राष्ट्रपति जो बाइडेनले पुनः शुरू गरेका छन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आय विवरण र करसम्बन्धी जानकारी सार्वजनिक गर्न नमानेपछि तोडिएको अमेरिकी यो परम्परालाई तोडेको भन्दै अमेरिकामा ट्रम्पका आलोचकहरूले उनको विरोध गरेका थिए ।

राष्ट्रपति बाइडेनले गत वर्षको डेढ लाख अमेरिकी डलर आयकर तिर्दै करसम्बन्धी परम्परालाई ब्युताएका हुन् ।

गतवर्षको सार्वजनिक गरिएको आयकरमा राष्ट्रपति बाइडेन र प्रथम महिला डा जिल बाइडेनले ६ लाख सात हजार ३३६ डलर आय गरेको र यस बापत उनीहरूले एक लाख ५७ हजार ४१४ डलर कर तिरेको जनाइएको छ ।

बाइडेनको आयको स्रोत भने अधिकांश रुपमा भाषण, पुस्तक बिक्री र उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूमा रहेको पदबाट प्राप्त भएको पनि जनाइएको छ । सन् २०१९ मा भने उहाँहरुको आय ९ लाख ८५ हजार २२३ रहेको पनि विवरणमा उल्लेख छ ।

त्यसैगरी उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एमहोफको पनि आफ्नो आयकर चुक्ता गरेकी छन् । सन् २०२० मा १६ लाख ९५ हजार २२५ डलर आय भएको र त्यसबापत छ लाख २१ हजार ८९३ डलर कर तिरेको विवरणमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस