बङ्गलादेशमा इन्डियन भेरिएन्टको कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बङ्गलादेशमा इन्डियन भेरिएन्टको कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु


एजेन्सी

४ जेष्ठ २०७८, मंगलबार


ढाका । बङ्गलादेशले कोेभिड–१९ को नयाँ प्रकार (इन्डियन भेरिएन्ट) बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ ।

सरकारको सङ्क्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक सङ्क्रमित व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए । बङ्गलादेशमा अहिलेसम्म ६ जनामा नयाँ प्रकारको सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए ।

बङ्गलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरुमा अत्यधिक सङ्क्रामक कोरोना भाइरसका दुई घटनाहरू पत्ता लागेका थिए ।

भारतमा कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देश बीचको यात्रुबहाक उडानहरूलाई पनि स्थगित गरिएको थियो ।

बङ्गलादेशमा सोमबार कोरोना भाइरस महामारीबाट मृत्यु हुनेको सङ्ख्या ३२ रहेको थियो भने कोभिड–१९ का कारण सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ६९८ रहेको थियो । यससँगै अहिलेसम्म बङ्गलादेशमा कोभिड–१९ पुष्टि भएको सङ्ख्या सात लाख ८० हजार ८५९ पुगेको छ भने १२ हजार १८१ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस