१२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न सभापति देउवाको आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न सभापति देउवाको आग्रह


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले आज सामाजिक सञ्जालमार्फत सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालमा विशेष वार्ड/आइसियुलगायतको तयारी गर्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकालाई खोप शुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस