नेपालमा थप नयाँ भेरियन्टको कोरोना सङ्क्रमण फैलिएको पुष्टि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालमा थप नयाँ भेरियन्टको कोरोना सङ्क्रमण फैलिएको पुष्टि


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । नेपालमा थप नयाँ भेरियन्टको कोरोना सङ्क्रमण फैलिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।

भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिता अनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यो दुवै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस