अधिवेशन आह्वान गर्न मिल्ने अवस्था छैन : प्रदेश प्रमुख यादव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अधिवेशन आह्वान गर्न मिल्ने अवस्था छैन : प्रदेश प्रमुख यादव


४ जेष्ठ २०७८, मंगलबार


रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले अहिलेका परिवेशमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। प्रदेशसभाका सभामुखलाई आज पत्र लेख्दै उनले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताएका हुन् ।

‘नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउन मिति २०७८/०१/२६ गते प्रदेशसभाका माननीय सदस्यहरूले लिखित अनुरोध गर्नुभएको सन्दर्भमा नेपालको संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको व्यहोरा जानकारी गराउँदछु’, पत्रमा भनिएको छ ।

गत वैशाख २६ गते प्रदेशका प्रतिपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव पेश गर्दै प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस