प्रदेश २ मा अक्सिजन उत्पादन र वितरणको अनुगमन गर्न समिति गठन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश २ मा अक्सिजन उत्पादन र वितरणको अनुगमन गर्न समिति गठन


४ जेष्ठ २०७८, मंगलबार


जनकपुरधाम । प्रदेश २ सरकारले उद्योगले उत्पादन गर्ने अक्सिजन र वितरण प्रणालीबारे अनुगमन गर्ने भएको छ । यसका लागि समिति नै गठन गरिएको छ ।

प्रदेशस्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रको मंगलबार जनकपुरधाममा बसेको बैठकले अक्सिजनको अनुगमनका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा समिति बनाएको छ । समितिमा सुरक्षा निकायका प्रमुखहरू सदस्य छन् ।

प्रदेशभित्रका अक्सिजन उद्योगबाट अन्यत्र पठाउँदा प्रदेशमा अक्सिजनको अभाव देखिएकाले त्यसको समाधान गर्न समिति गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । समितिले प्रदेशभित्रका उद्योगले दैनिक उत्पादन गर्दै आएको अक्सिजन र भइरहेको वितरणबारे जानकारी लिँदै यसको अनुगमन गर्नेछ ।

अनुगमन समितिको मंगलबार बसेको बैठकले कोरोना सङ्क्रमितहरूको उपचार भइरहेको प्रदेशभित्रका सरकारी तथा निजी अस्पतालहरूको अनुगमन गर्ने निर्णय पनि गरेको छ । यसका लागि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। राम केवल साहको अध्यक्षतामा विज्ञ समूह गठन गरिएको छ ।

यो समितिले प्रदेशभित्रका अस्पतालहरूको अनुगमन गर्नुका साथै अस्पतालहरूलाई दिनुपर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारलाई सुझाव दिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस