बादललाई समर्थन छैन, मतदाताले स्वविवेक प्रयोग गरुन् -माधव नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बादललाई समर्थन छैन, मतदाताले स्वविवेक प्रयोग गरुन् -माधव नेपाल


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा बादललाई सघाउने वचन नदिएको नेपालको सचिवालयले प्रस्ट पारेको छ ।

माधव नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको बताएका छन् ।

गौतमका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा।खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस