१६,३१९ सिलिन्डरमा अक्सिजन भरेर अस्पतालमा वितरण गरियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१६,३१९ सिलिन्डरमा अक्सिजन भरेर अस्पतालमा वितरण गरियो


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । २४ घण्टामा १६ हजार तीन सय १९ सिलिन्डरमा अक्सिजन भरेर विभिन्न अस्पतालमा वितरण गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यका भित्रका ९ उद्योगबाट आठ हजार एक सय २३ र उपत्यका बाहिरका १९ अक्सिजन उद्योगबाट आठ हजार एक सय ९८ गरी कूल १६ हजार तीन सय १९ सिलिन्डरमा अक्सिजन भरेर विभिन्न अस्पतालमा वितरण गरिएको छ ।

साथै आजसम्म औद्योगिक तथा अन्य प्रयोजनमा रहेका थप ४,८३२ सिलिन्डरहरू सङ्कलन भई सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरण राज शर्माका अनुसार स्थानीय प्रशासनले विभिन्न अस्पताललाई सात हजार सात सय २६ अक्सिजन सिलण्डर वितरण गरेको छ।

यसै गरी कोभिड सङ्क्रमितको उपचारार्थ डेडिकेटेड रूपमा देशभर तीन सय ८२ अस्पतालहरू रहेकोमा ४ थप भई तीन सय ८६ डेडीकेटेड अस्पतालहरू सञ्चालनमा आएका छन्। उक्त अस्पतालहरूमा १७ हजार सामान्य बेडहरूको प्रबन्ध गरिएको प्रवक्ता शर्माले जनाएको छन् ।

पछिल्ला दिनहरूमा देशभर सामान्य बेडहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।सङ्क्रमितहरूको विशेष उपचारको लागि दुई हजार पाँच सय एच।डी।यू। बेड, अघिल्लो दिनको तुलनामा थप ९ सहित एक हजार नौ सय ९९ आई।सी।यू। बेड र ६ सय भेन्टिलेटरको प्रबन्ध गरी उपचार भइरहेको विवरण प्राप्त भएको पनि प्रवक्ता शर्माको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस