आज मात्रै देशभरका ६८९१ जना कोरोना सङ्क्रमित निको भए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज मात्रै देशभरका ६८९१ जना कोरोना सङ्क्रमित निको भए


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । आज देशभर ६ हजार ८९१ जनालाई कोरोना सङ्क्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ३ लाख ५२ हजार ४१४ जना सङ्क्रमित निको भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार २०३ हजार जनालाई सङ्क्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन विधिबाट ६७ जना सङ्क्रमित पुष्टि भएका हुन्।

योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १४ हजार ५२९ पुगेको छ। देशभर ७५२ जना व्यक्ति क्वारेनटाइन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १९६ जना सङ्क्रमितको निधन भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस