फेदीखोला गाउँपालिकामा विद्यालयको परीक्षा नतिजा अनलाइनबाट प्रकाशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फेदीखोला गाउँपालिकामा विद्यालयको परीक्षा नतिजा अनलाइनबाट प्रकाशन


४ जेष्ठ २०७८, मंगलबार


स्याङ्जा । फेदीखोला गाउँपालिकाले अनलाइनमार्फत विद्यालयको नतिजा प्रकाशन गरेको छ । गाउँपालिकाले आज कक्षा ८ को नतिजा प्रकाशन गरेको हो ।

नतिजा प्रकाशन कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले शिक्षालाई प्रविधीमैत्री बनाउँदै लगिएको र मार्कसिटसहित विद्यार्थीको नतिजालाई पालिकाको वेभसाइटमा हेर्न सकिो बताए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले परीक्षमा २ सय ३० जना विद्यार्थी सहभागी भएको र सबै विद्यार्थी उत्तिर्ण भएको जानकारी दिए । गाउँपालिकाले गत वैशाख १६ गते देखि २० गते सम्म परीक्षा सञ्चालन गरेको थियो ।

अन्य कक्षा १ देखि ९ सम्मको नतिजा भने विद्यलयले नै प्रकाशित गरेका छन् । कोरोना महामारीका कारण धेरै पालिका र विद्यालयहरु अन्योलमा रहेकै अवस्थामा फेदीखोला गाउँपालिकाले विद्यार्थीको नतिजा प्रकाशन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस